Skip to content

डेडिकेटेड फिडर तथा ट्रंक लाइन बक्यौता विवादः घोराही सिमेन्टले बुझायो १ करोड ८१ लाख, लाइन जडान

काठमाडौ । घोराही सिमेन्टले डेडिकेटेड फिडर तथा ट्रंक लाइन बक्यौता बापतको पहिलो किस्ता तिरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले घोराही सिमेन्टले आज पहिलो किस्ता बापत १ करोड ८१ लाख रुपैयाँ बक्यौता बुझाएको बताए ।

यो सँगै प्राधिकरणले उद्योगमा विद्युत लाइन जडान गरेको छ ।

२०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बापत १ करोड ८१ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री शुसिला कार्की लगायत उच्च सरकारी अधिकारीसँग उच्चस्तरिय छलफल पश्चात डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव ल्याएको थियो ।

प्रधानमन्त्री कार्की सहित अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिंग, उद्योग वाणिज्य मन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालबीचको छलफलले मध्यमार्गी प्रस्तावमा सहमत जनाएपछि उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाउन थालेका हुन्

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima