Skip to content

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक ६ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

गोरुसिङ्गे सन्धिखर्क सडकअन्तर्गत शितगङ्गा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने भएको शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय निर्णयअनुसार भोेलि बुधबारदेखि मङ्सिर १० गतेसम्म दैनिक बिहान १०ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो ।

पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको डिभिजन शिवपुरका डिभिजन प्रमुख इञ्जिनियर कोइरालाले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi