Skip to content

सेबोनले गर्‍यो निष्कासन तथा बाँडफाँडको निर्देशिका संशोधन, बोनसमा लाग्ने कर कम्पनीले नै तिर्नु पर्ने 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका दशौँ पटक संशोधन गरेको छ ।  बोर्डले उक्त संशोधनमा बोनसमा लाग्ने कर कम्पनीले नै तिर्नु पर्ने व्यवस्था गरेको हो ।

यस अघि कुनै पनि कम्पनीले बोनस सेयरमात्र वितरण गरेमा उक्त बोनस लिनको लागि लगानीकर्ता स्वयमले कर बापतको नगद तिर्नुपर्ने व्यवस्था रहेको थियो । उक्त व्यवस्थाले लगानीकर्तालाई सानो रकम तिर्नको लागि पनि बैंकमा लाइन लाग्नु पर्ने अवस्था थियो । जसको कारण लगानीकर्ताले उक्त व्यवस्था संशोधन गर्न माग राख्दै आएको थिए ।

‘बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण सङ्गठित संस्थाहरूले सेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांश बाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ ।’ निर्देशिकामा भनिएको छ ।

सेबोनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको ‘अधिकार प्रयोग गरी निर्देशिका बनाएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा (७) थपः धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४० को उपदफा (६) पछि देहायको उपदफा (७) थपिएको छ ।’ बोर्डको निर्देशनमा भनिएको छ।

May be an image of text
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima