Skip to content

बोटलर्सका दुबै कम्पनीले बनाए सेयरधनीको हात खाली, साधारण सभा कहिले बोलाए ?

काठमाडौं । नेपालमा कोलाकोलाको उत्पादन तथा बिक्री गर्दै आइरहेका बोटलर्स कम्पनी दुबैले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश नदिने घोषणा गरेका छन् ।

बोटलर्स नेपाल लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आवको तर्फबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्नेछ र कम्पनीको ४७औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते गर्ने र यसका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसैगरी,बोटलर्स नेपाल (तराई) लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले गत आवको तर्फबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्नेछ र कम्पनीको ३९औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते गर्ने र यसका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बोटलर्स नेपाल लिमिटेडले पनि लाभांश नबाँड्ने निर्णय गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima