Skip to content

हाइड्रो पावरको नाफा ९२ प्रतिशत बढ्यो: ठुलो हिस्सा अपर तामाकोशीको, अन्यको कति ? 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रो पावर कम्पनीहरूको नाफामा उल्लेखित सुधार आएको छ । हाइड्रो पावर कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा ९३ हाइड्रोपावर कम्पनीको नाफा ९२ प्रतिशतले बढेको हो ।

चालु आवको पहिलो तीन महिनामा ९३ हाइड्रो पावर कम्पनीले ५ अर्ब ६ करोड ५२ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । गत आवको ३ महिनामा यी ९३ कम्पनीले २ अर्ब ६२ करोड ५५ लाख ४१ हजार रुपैयाँमात्र नाफा कमाउन सफल भएका थिए ।

कम्पनीले विद्युत् बेचेर गर्ने आम्दानी बढेको कारण नाफा बढेको हो । चालु आवको तीन महिनासम्म आउँदा ९३ कम्पनीले विद्युत् बेचेर १५ अर्ब ७७ करोड १५ लाख २५ हजार रुपैयाँ आम्दानी गरेका छन् । यस्तो आम्दानी गत आवको तुलनामा ४.९३ प्रतिशत बढेको छ । गत आवको यस अवधिसम्म ९३ कम्पनीले १५ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ बराबरको आम्दानी गरेका थिए ।

यस अवधिसम्म आउँदा सबैभन्दा धेरै नाफा भएको हाइड्रोपावर कम्पनी उपर तामाकोसी कम्पनी रहेको छ । यस कम्पनीले यस अवधिसम्म आउँदा १ अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको नाफा गत आवको ३ महिनाको तुलनामा १६४.९९ प्रतिशत बढेको हो । गत आवका यस कम्पनीको नाफा ६३ करोड १९ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी, सबैभन्दा धेरै नाफा हुने दोस्रो कम्पनी साहस ऊर्जा हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीले चालु आवको ३ महिनासम्म आउँदा ४९ करोड ४८ लाख ९९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस कम्पनीको नाफा पनि गत आवको ३ महिनाको तुलनामा बढेको छ । यस कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २३.६६ प्रतिशतले बढेको छ । गत आवको ३ महिनामा यस कम्पनीले ४० करोड २ लाख २४ हजार रुपैयाँमात्र नाफा कमाएको थियो ।

गत आवसम्म नोक्सानीमा रहेका ९ कम्पनी यस आर्थिक वर्षमा नाफामा गएका छन् । चालु आवको पहिलो त्रैमाससम्म आउँदा १३ हाइड्रो पावर कम्पनी नोक्सानमा रहेका छन् । शिव श्री हाइड्रोपावर, माबिलुङ इनर्जी, न्यादी हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, लिबर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, त्रिशूली जल विद्युत्, मोदी इनर्जी, भिजन लुम्बिनी ऊर्जा, अपर लोहोर खोला हाइड्रोपावर, मेन्छियम हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनी नोक्सानमा रहेका छन् । यस अवधिसम्म आउँदा गत आवको तुलनामा २४ हाइड्रो पावर कम्पनीको नाफा घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima