Skip to content

सेयर बजार दोहोरो अंकले घट्यो, काराेबारमा ५ अर्ब माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। आइतबार सेयर बजार मापक नेप्से सूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा झरेको छ। यसैगरी, आज दिन सेन्सेटिभ इण्डेक्स २.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेको छ।

आइतबार सेयर बजार घटेको भएतापनि कारोबार रकम भने गत हप्ताको अन्तिम कारोबार बुधबारको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ५ अर्ब २३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आप तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र झापा इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसैगरी, आज मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको बुङ्गल हाइड्रोको सेयरमूल्य यस दिन सर्वाधिक ८.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सागर डिष्टिलरी उच्च स्थानमा रहेको छ। आज यस कम्पनीको यस दिन ४३ करोड ६९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज ङादी ग्रुप पावरको कारोबार रकम साढे ३२ करोड रुपैयाँ नाघेको छ । यता बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब साढे १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T