Skip to content

प्रि-ओपन सेसनमा सामान्य अंक घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। सोमबार सो सेसनमा ०.०३ अंक घटेर २६०९.६६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ।

सोमबार प्रि–ओपन सेसनमा ५२ कम्पनीको ८२ पटकको कारोबारमा ७७ लाख ९० हजार १८४ रुपैयाँ २० पैसाबराबरको २१ हजार ४८० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ कम्पनीको मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima