Skip to content

करिब ५ दर्जन कम्पनीले गरे लाभांश घोषणा, कुनकाे कति ?

nabil bank

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को नाफाबाट ५६ कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । मंसिर २६ गतेसम्म आउँदा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५६ कम्पनीले लगानीकर्ताको लागि लाभांश घोषणा गरेका हुन् ।

यस अवधिसम्म आउँदा वाणिज्य बैंकतर्फ १२ वटा, विकास बैंक तर्फका ८ वटा र फाइनान्स कम्पनी तर्फ ३ कम्पनीले लाभांश घोषणा गरेका छन् ।

यसैगरी, यस अवधिसम्म आउँदा १५ वटा हाइड्रोपावर कम्पनी, नेप्सेमा सूचीकृत ८ लघुवित्त कम्पनी, ३ लाईफ इन्स्योरेन्स कम्पनी, २ ननलाईफ इन्स्योरेन्स कम्पनी र २ वटा होटल कम्पनीले लाभांश घोषणा गरेका छन् ।

यसैगरी, यस अवधिमा पर्यटन तर्फको एक कम्पनी र मुक्तिनाथ कृषि कम्पनीले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने पहिलो वाणिज्य बैंक एभरेष्ट बैंक रहेको छ । यस बैंकले आफ्ना लगानीकर्ता नगल र बोनस गरेर २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

यस अवधिसम्म आउँदा सबैभन्दा धेरै लाभांश दिने दोस्रो वाणिज्य बैंक स्ट्याण्डर्ड चार्टर्ड रहेको छ । यस बैंकले आफ्ना लगानीकर्तालाई गत आवको नाफाबाट १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यसैगरी, सबैभन्दा धेरै लाभांश वितरण गर्ने तेस्रो वाणिज्य बैंक कृषि विकास बैंक रहेको छ। यसले आफ्ना लगानीकर्तालाई १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

वाणिज्य बैंकको लाभांश तथ्यांक

यस अवधिसम्म आउँदा सबैभन्दा धेरै लाभांश बाँड्ने विकास बैंक मुक्तिनाथ विकास बैंक रहेको छ । यस बैंकले आफ्ना लगानीकर्तालाई १८।२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यसैगरी, लाभांश धेरै वितरण गर्ने दोस्रो विकास बैंक कामना सेवा विकास बैंक रहेको छ । यस विकास बैंकले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई १५।७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

यस अवधिमा सबैभन्दा धेरै लाभांश बाँड्ने तेस्रो बैंक साइनरेसुङ्गा विकास बैंक रहेको छ । यसले आफ्ना लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

विकास बैंकको लाभांश तथ्यांक

गत आवको नाफाबाट तीन लघुवित्त कम्पनीले १५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

यस अवधिसम्म आउँदा तीन वटा फाइनान्स कम्पनीलेमात्र गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । यस अवधिसम्म आउँदा श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स कम्पनी र मनजुश्री फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका हुन ।

यसैगरी, गत आर्थिक वर्षको नाफाबाट १५ वटा हाइड्रोपावर कम्पनीले लाभांश बाँडेका छन् । गत आवको नाफाबाट सबैभन्दा धेरै लाभांश  दिने हाइड्रो पावर कम्पनी सेन्चुरी इनर्जी कम्पनी रहेको छ । यस कम्पनीले ३५ प्रतिशत लाभांश दिएको छ । यसैगरी, गत आवको नाफाबाट साहस ऊर्जा जलविद्युत कम्पनीले २२.१० प्रतिशत लाभांश दिएको छ भने माउन्टेन इनर्जीले २१.०५ प्रतिशत लाभांश दिएको छ ।

गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने तीन लाइफ इन्स्योरेन्स कम्पनीमध्ये सबैभन्दा धेरै दिने कम्पनी नेपाल लाइफ इस्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंसिर २६ गतेसम्म आउँदा गत आवको नाफाबाट लाभांश वितरण गर्न घोषणा गरेका निर्जीवन बीमा कम्पनीहरू २ वटा रहेका छन् । यस अवधिसम्म आउँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आईजीआई प्रुडुन्सियल कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।

गत आवको नाफाबाट तारागाउँ रिजेन्सी होटल र सोल्टी होटलले लाभांश घोषणा गरेका छन् । यसैगरी, गत आवको नाफाबाट मुक्तिनाथ कृषि कम्पनीले ८.४२ प्रतिशत लाभांश दिने लाभांश घोषणा गरेको छ । यसैगरी, कालिञ्चोक दर्शन कम्पनीले पनि गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi