Skip to content

सेयर कारोबारी दीपेन्द्र अग्रवाल चुनदेवीबाट पक्राउ

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आज काठमाडौंको महाराजगञ्ज स्थित चुनदेवीबाट पक्राउ गरेको हो । अग्रवाललाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत कसूरमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।

बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा सेयर विक्री गरेको पाइएको सीआईबीले जनाएको छ ।

अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानून बिपरित नाफा आर्जन गरेको र अन्य टीएमएस प्रयोग गरी आपसी खरिद–विक्री तथा आफन्त तथा सम्बद्ध संस्था बीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको पाइएको छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले सोहि ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको पाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima