Skip to content

रिलायन्सको आईपीओः छानबिन गर्न सेबोनले गर्यो समिति गठन 

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्ने सम्बन्धमा अर्थमन्त्रालयले प्रश्न उठाएपछि नेपाल धितोपत्र बोर्ड  (सेबोन) ले छानबिन गर्न समिति गठन गरेको छ।
रिलायन्स स्पीनिङ मिल्सको सेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निष्कासन गर्ने सम्बन्धमा भएका काम कारबाहीका सम्बन्धमा निष्पक्ष छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेसगर्न  बोर्डले समिति गठन गरेको हो ।
शुक्रबार बिहान बसेको बैठकको निर्णयअनुसार बोर्ड सदस्य विनोद कुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पीताम्बर भण्डारी रहेका छन् ।
समितिले आवश्यकता अनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने गरी समिति गठन गरिएको छ ।
मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले कम्पनीको शेयर निष्कासन प्रक्रियाका सन्दर्भमा प्रश्न उठाउँदै छानबिन गर्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको थियो ।
अर्थ मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा सेयर निष्कासनका सम्बन्धमा आएका विषयहरूको ध्यानाकर्षण गर्दै छानबिन तथा आवश्यक कारबाही गर्न भन्दै पत्राचार गरेको हो । कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने महसुल बक्यौताबापतको ७५ करोड नतिरेर महँगोमा सर्वसाधारणका लागि सेयर निष्कासन (आइपीओ) गरेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi