Skip to content

सिडिएस एन्ड क्लियरिङले शतप्रतिशत लाभांश बाँड्ने

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आफ्ना सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव पारित गर्दै आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०८०८१ को मुनाफाबाट सेयरधनीलाई १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ। उक्त प्रस्ताव कम्पनीको पुस २८ गते सोमबार आयोजना हुने पूर्व वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ।

सभा बिहान ११ बजे पुल्चोक, ललितपुरस्थित होटल हिमालयको प्राइम सेमिनार कन्फरेन्स कक्ष मा हुने छ। सभामा लाभांश प्रस्तावसँगै वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ।

कम्पनीले सबै सेयरधनीलाई सभामा सहभागी भई आफ्नो अधिकार प्रयोग गर्न आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T