Skip to content

काठमाण्डौ ल्यान्को लिमिटेडले आईपीओ ल्याउने

काठमाडौं । काठमाण्डौं ल्यान्को लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१ मा दिउँसो १२ बजेका लागि बोलाइएको छ ।

सभामा पेश हुने प्रस्तावमा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहितको आव ०८१/८२ को वासलात तथा नाफा नोक्सानको हिसाब तथा आर्थिक विवरण पारित गर्ने, आव ०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै सभामा संचालक समिति गठन गर्ने, सर्वसाधारणलाई कम्पनीको सेयर जारी गर्ने, कम्पनीको प्रबन्धपत्रको संशोधन गर्ने, सर्वसाधारणलाई शेयर जारी गर्दा आवश्यक सम्पूर्ण काम गर्नको निमित्त संचालक समितिलाई अख्तियारी दिने लगायत प्रस्ताव रहेको कम्पनीका अध्यक्ष युरोप मान श्रेष्ठले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima