काठमाडौं । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। यस कम्पनीले जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीले त्यसको करिब २८.५७ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने बताइएको छ। बाँकी ७१.४३ प्रतिशत सेयर संस्थापक समूहको छुट्टाएको छ ।
फ्रन्टलाइन ब्रान्डमार्फत काठमाडौंको पुरानो बानेश्वरमा सञ्चालनमा रहेको यस अस्पतालमा हाल १०० शैयाको सेवा उपलब्ध छ। विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको र सेवा दायरा विस्तारका लागि २०० शैयाको थप अस्पताल भवन समेत निर्माणाधीन रहेको कम्पनीले जनाएको छ। क्यान्सर उपचारसहितका विशेष सेवाका लागि बढी पुँजी आवश्यक भएकाले आईपीओ निष्कासनको तयारी भएको फाउन्डेसनका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए ।
सोमबार सम्पन्न सम्झौता पत्रमा नोबेल कलेजका तर्फबाट अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङका सीईओ मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्