Skip to content

‘नेपाल लाइफ समृद्धि लगानी योजना’ म्युचुअल फण्ड निष्कासन गर्न सेबोनले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ म्युचुअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ। सेबोनले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलले रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक म्युचुअल फण्डको इकाईहरू बिक्रीमा ल्याउन अनुमति दिएको हो।

फण्डले प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले १६ करोड इकाई बिक्री गर्न लागेको हो। फण्डले कुल १ अर्ब ६० करोड रुपैयाँ रकम बराबरको फण्ड जारी गर्न अनुमति पाएको छ। नेपाल लाइफ इन्स्योरेन्सले पहिलो पटक बन्दमुखी योजना बिक्री गर्न लागेको हो । यसको अवधि १० वर्षको रहेको छ। निष्कासन हुन लागेको फण्डलाई इक्रा नेपालले ‘इक्राएनपि–इआर ए ए’ रेटिङ दिएको छ। यस रेटिङले फण्डले वित्तीय दायित्वको समयमै सेवा गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा रहेको संकेत गर्दछ।

फण्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरूमा निष्कासन पश्चात् लगानी गर्ने कम्पनीले उल्लेख गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima