काठमाडौं । रिज लाइन इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले पुस १३ गतेदेखि आजसम्मका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ । आज कार्यालय समयसम्ममा आवेदन दिइसक्नु पर्ने छ । आजसम्म माग अनुसार आवेदन नपरेमा पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ४२ लाख २० हजार रुपैयाँको १ लाख ४२ हजार २०० कित्ता सेयरमा श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेशमा गएका नेपालीले आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यस्तै मेरो सेयर बाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँको २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको छ । उक्त सेयरमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै स्थानीय र लमजुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका–१, २, ३ तथा दोर्दी गाउँपालिकाका– ४, ५ र ६ का स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
स्थानियले रिज लाइन इनर्जी आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानियले पुस २८ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।












प्रतिक्रिया दिनुहोस्