Skip to content

म्युचुअल फण्डको बीज पुँजी व्यवस्थामा सेबोनको हेरफेर 

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले म्युचुअल फण्डको बीज पुँजी व्यवस्थामा हेरफेर गरेको छ । सेबोनको सोमबार बसेको सञ्चालक समिति बैठकले योजना प्रवर्धक तथा व्यवस्थापकहरूलाई सहज हुने गरी बीज पुँजीको व्यवस्थामा हेरफेर गरेको हो।

सामूहिक लगानी कोष नियमावलीमा कोष प्रवर्धक तथा व्यवस्थापकले योजनाको कुल रकमको कम्तीमा १५ प्रतिशत बीज पुँजी राख्नु पर्ने व्यवस्था छ। सेबोनले उक्त व्यवस्थालाई घटाएको हो ।

‘सञ्चालक समिति बैठकले योजनाहरूमा व्यवस्थापकको अनुभवका आधारमा बीज पुँजी १० र ५ प्रतिशत राख्न सकिने गरी निर्णय गरेको छ ।’ सेबनका एक अधिकारीले भने,  ‘तर, यो कार्यान्वयनमा आउन बाँकी छ ।’

सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरुले उक्त व्यवस्था हेरफेरको माग  लामो समयदेखिको माग राख्दै आएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T