Skip to content

सेयरधितो कर्जा ५.७ प्रतिशत बढ्यो, ठूला लगानीकर्ताले लिए सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सेयर धितोमा जाने कर्जा ५.७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर मसान्तसम्म सेयर धितो कर्जा १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै कुल सेयर धितो कर्जा ८ अर्ब ८ करोड ६० लाख रुपैयाँले वृद्धि भएको हो। यस अवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह एक करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा देखिएको छ।

मंसिर मसान्तसम्म १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा १ खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ पुगेको छ। पछिल्लो पाँच महिनामा मात्रै यो समूहको कर्जा ४ अर्ब ९४ करोड ६६ लाख रुपैयाँले बढेको छ।

त्यसैगरी, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा १७ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुगेको छ। यो समूहको कर्जा पछिल्लो पाँच महिनामा ११।७ प्रतिशतले वृद्धि भएको छ।

२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १८ अर्ब २८ करोड १९ लाख रुपैयाँ पुगेको छ। यस समूहमा पाँच महिनाको अवधिमा ७१ करोड ५८ लाख रुपैयाँ कर्जा थपिएको छ।

सबैभन्दा साना लगानीकर्ता, अर्थात् २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा लिनेहरूको कर्जा मौज्दात ८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ। यो समूहमा ६।७ प्रतिशतको वृद्धि देखिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi