Skip to content

सेयर बजार घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं । सोमबार सेयर बजार घटेको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ५.५४ अंक घटेर २६३५.०० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।

आज सेयर बजार घटेको भएता पनि कारोबार रकममा सुधार देखिएको छ । बिहीबार ४ अर्ब ९० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ । बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ।

आज कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल उच्च स्थानमा रहेको छ। कम्पनीको कम्पनीको यस दिन ४२ करोड २२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। आज राधी विद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T