Skip to content

सेयर बजारमा सामान्य सुधार, करिब ७ अर्बको कारोबार 

काठमडाैं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ४.९० अंकले बढेर २६३९.९१ प्रतिशतमा पुगेको छ ।
यसैगरी, मंगलबार ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर कारोबार अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । सोमबार ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको थियो।
आज कारोबारमा १३ उपसमूहमध्ये ७ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी ६ उपसमूहको सेयर मूल्यभने घटेको छ। आज कारोबारमा आएको थ्री–स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी र सुपर मादि हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत् कम्पनी उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ५४ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज एसवाई प्यानल नेपालको करिब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima