Skip to content

चुनावी माहोलले उकालो लाग्यो सेयर बजार, कारोबार रकम ११ अर्ब माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार बढेको छ । मुलुकमा चुनावी माहोल बढेसँगै सेयर बजारमा उत्साह देखिएको हो ।

मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ४२.२६ अंक बढेर २७१४.८१ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ७.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक बढेको छ।

सेयर बजारसँगै आज कारोबार रकम पनि उत्साहजनक देखिएको छ । आइतबार ८ अर्ब ४० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ।

आज गोर्खाज फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस फाइनान्सको सेयरमूल्य आज ५६ रुपैयाँ २० पैसा बढेर ६१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट उच्च स्थानमा रहेको छ। सो कम्पनीको आज ४० करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi