Skip to content

सेयर बजार सामान्य घट्यो, कारोबार रकम भने १६ अर्ब नाघ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य घटेको छ । अघिल्लो कारोबार दिन आइतबार उच्च अंक बढेको सेयर बजार आज सामान्य करेक्सन भएर बन्द भएको हो।

सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स १.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ।

सेयर बजार घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १३ अर्ब ७८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima