Skip to content

इप्पानलाई रास्वपाका उम्मेदवार पराजुलीको आश्वासन, ‘ऊर्जा क्षेत्रका समस्या संसदमा उठाउँछु’

काठमाडौं । भरत पराजुलीले सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिंदै ऊर्जा क्षेत्रका समस्याहरू संसदमा उठाउने आश्वासन दिएका छन्।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का कार्यसमिति सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका समस्याहरु संसदमा उठाउनकाे लागि सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभाकाे निर्वाचनमा उम्मेदवारी दिएकाे बताएका हुन । 

मंगलवार इप्पानले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पराजुलीले नेपालको समृद्धिको मुख्य आधार मानिएको ऊर्जा क्षेत्रमाथि विभिन्न चुनौतीहरू बढ्दै गएका कारण यसको सम्भावना सीमित हुने चिन्ता व्यक्त गरे। उनले ठूला १३ वटा उद्योगमा लाइन काट्दा ४० हजार रोजगारी प्रभावित भएको र ५०० मेगावाट विद्युत खेर गएको स्मरण गराए।

पराजुलीले भने, “अब देशमा १३ वटा मात्र होइन, १३ लाख उद्योग सञ्चालन हुने वातावरण बनाउन र लाखौं नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न म राजनीतिमा होमिएको हुँ। दलभित्रका फोहोर नेताहरू मात्र सफा गर्न होइन, ऊर्जा क्षेत्र सुधार्न म मैदानमा आएको हुँ।”

इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीका समस्याहरू समाधान गर्न ऊर्जा क्षेत्र बुझ्ने धेरै व्यक्तिहरू संसदमा पुग्नु आवश्यक भएको बताए र पराजुलीको उम्मेदवारीलाई नैतिक समर्थन दिने स्पष्ट पारे।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले भने, “ऊर्जा क्षेत्रमा जानकार व्यक्तिहरू जुनसुकै दलबाट चुनावमा होमिए पनि समर्थन रहनेछ। अब सबै राजनीतिक दलले ऊर्जा क्षेत्रलाई आफ्नो मूल एजेण्डामा राख्नु आवश्यक छ।”

इप्पानका महासचिव बलराम खतिवडाले आगामी निर्वाचनपछि संसदमा ऊर्जा क्षेत्र बुझेका प्रतिनिधिहरू विजयी बनाउन ऊर्जा उद्यमीहरूबाट नैतिक सहयोग रहने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi