Skip to content

१३२ केभी प्रसारण लाइन सञ्चालनमाः गुणस्तरीय ऊर्जाको आपूर्तिसँगै कर्णालीको अर्थतन्त्र थप सुधारमा आशावादी छौँः शाक्य

nabil bank

काठमाडौं। पुसको तेस्रो हप्ता कर्णालीको सुर्खेत पुगेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जतिसक्दो छिटो १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन निर्देशन दिनुभएको थियो ।

स्थलगत निरीक्षण गर्दै शाक्यले काममा ढिलासुस्ती नगर्न निर्देशन दिएको करीब तीन हप्तामा अर्थात माघ १८ को मध्यरातबाट प्रसारण लाइन सञ्चालनमा आएको छ । शाक्यले निर्देशन दिएपछि ठेकेदार कम्पनीले पनि द्रुत गतिका साथ आयोजनाको काम अघि बढाएका थिए ।

करीब हप्ता अघि मात्रै सुर्खेत पुगेका शाक्य दोस्रो पटक फेरि उक्त प्रसारण लाइनको सञ्चालन सुरुका लागि सुर्खेत पुग्नु भएको थियो । आयोजना सञ्चालनपछि शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन प्राधिकरण सफल भएको भन्दै यसबाट कर्णाली प्रदेश तथा सुर्खेतका उपभोक्तालाई गुणस्तरीय विद्युत उपयोग गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

उहाँले यो आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबै भन्दा बढी विद्युत उद्योगमा खर्च गर्नेमा प्राधिकरण आशावादी रहेको पनि उल्लेख गर्नुभयो । ‘अर्थतन्त्रको साँचो उद्योग–व्यवसाय हो र उद्योग–व्यवसायको साँचो ऊर्जा हो,’ उनले भने, ‘त्यसैले गुणस्तरीय ऊर्जाको आपूर्तिसँगै कर्णालीको अर्थतन्त्र सुधारका लागि थप ढोका खुल्नेमा प्राधिकरण आशावादी छ ।’

कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्र्तरगतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै अब विगतमा ३३ केभी प्रसारण लाइनबाट सम्पूर्ण कर्णाली प्रदेशमा विद्युत आपूर्ति भइ ओभरलोड हुने समस्या, छिनछिनमा बत्ती गइरहने समस्या र लो–भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुनेमा अपेक्षा प्राधिकरणले गरेको छ । यस क्षेत्रमा उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गराउन पनि महत्वपूर्ण योगदान गर्ने प्राधिकरणको भनाई छ ।

शाक्यले यो आयोजना र कर्णालीप्रतिको लगाव २०६७ सालमा कर्णाली आएदेखिकै भएको भन्दै कर्णालीमा आयोजनाकै क्रममा दजनौँ पटक आएको स्मरण गरे । उनले कर्णालीसँग पुरानो भावनात्मक सम्वन्ध रहेको भन्दै आज पहिलो पटक कर्णालीवासीका लागि १३२ केभी प्रसारण लाइन सञ्चालन ल्याउने अवसर प्राप्त हुँदा उत्साहित भएको उल्लेख गरे । ‘यो प्रसारण लाइनकै सन्र्दभमा पनि म ६–७ पटक आएको छु,’ उनले भने, ‘अबको एक वर्षमा दैलेख पुर्याउने हाम्रो योजना छ ।’

शाक्यले सुर्खेतको स्वचालित सव–स्टेशन नजिकै प्रमुख राजमार्ग छेउको टावर नजिकै रहेको र प्राधिकरणले अधिकरण गरेको जग्गामा उक्त राजमार्गमा प्रयोग गर्ने विद्युतीय सवारीलाई सहज हुने गरी चार्जिङ स्टेशन प्रयोगका लागि आवश्यक तयारी गर्न पनि निर्देशन दिए ।

शाक्यले सुर्खेतका सबै फिडरहरु यसै सवस्टेशनबाट आपूर्ति भएपछि उपयुक्त समय मिलाएर निर्वाचनपछि उद्घाटन गर्ने पनि जानकारी दिए ।

आयोजनाका प्रमुख रविकुमार चौधरीले करीब ५२ किलोमिटर लामो कोलपुर–सुर्खेत खण्डको काम छिटो सम्पन्न गर्न केही समय अघि सुर्खेत आएर प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निर्देशन दिएको स्मरण गर्दै उनले दिएको समयसिमा भित्र काम सम्पन्न गर्ने गरी काम गरेको भन्दै प्रसारण लाइन सञ्चालनमा ल्याउन पाउँदा खुशी लागेको बताऊँदै ‘अर्को दोस्रो खण्डको सुर्खेत–दैलेख खण्डको काम पनि तिव्र गतिमा अघि बढेको छ,’ चौधरीले भने, ‘अर्को वर्ष भित्र दैलेखसम्म पुर्याउने छौँ ।’

जग्गाप्राप्ति, वन क्षेत्रको कटान र स्थानीय जग्गाधनीको विवाद लगायतका कुराहरुलाई समाधान गर्दै आयोजना सफल बनाउन, प्राधिकरण र आयोजनाका कर्मचारी, स्थानीय सबैको एकमुष्ठ योगदान रहेको पनि चौधरीले जानकारी दिए ।

चौधरीले करीब ७५ करोडमा निर्माण भएको सव–स्टेशन तयारी अवस्था रहेको र करिब ६५ करोडमा निर्माण भएको प्रसारण लाइन पनि परीक्षणपछि सञ्चालनमा आएको जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life