Skip to content

हाथवे इन्भेष्टमेन्ट कम्पनीको नाफा ३०.३१ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?

nabil bank

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा उल्लेख्य रूपमा बढ्दा अधिकांश आम्दानी सम्बन्धी सूचक सकारात्मक देखिएका छन् भने केही सूचकमा गिरावट पनि देखिएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले १ करोड ९४ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १ करोड ४९ लाख २१ हजार रुपैयाँको तुलनामा ३०.३१ प्रतिशतले बढी हो। कम्पनीको खुद नाफा सञ्चालन आम्दानी बढेको कारण बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७६.१७ प्रतिशतले बढेर ९ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ७४.७४ प्रतिशतले बढेर ९ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यता कम्पनीको कुल खर्च पनि ११५.२५ प्रतिशतले बढेर ७ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.१७ रुपैयाँले बढेर वार्षिकीकृत १.२३ रुपैयाँ पुगेको छ। तर प्रतिसेयर नेटवर्थ घटेर ६७.३८ रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा ७३।१५ रुपैयाँ थियो। कम्पनीको पीई अनुपात भने घटेर ७२०.९० गुणामा झरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पुँजी १५ करोड ८५ लाख रुपैयाँ र जगेडा कोषमा ५५ करोड १२ लाख रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi