Skip to content

सेयर बजार सामान्य अंक बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताका अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ८.९७ अंक बढेर २६७१.०७ विन्दुमा पुगेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ।

आज सेयर बजारसंगै कारोबार रकम पनि बढेको छ । बुधबार ८ अर्ब ६९ करोड रुपैयाँबराबरको सेयर बजारमा आज १० करोड २५ लाख ५० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये८ उपसमूहको परिसूचक बढेको छ । बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै बढेको छ । यस उपसमूहको परिसूचक १.१८ प्रतिशत बढेको हो ।

आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।यसैगरी, आज रसुवागढी हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ५३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi