Skip to content

मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका आजदेखि लागू, ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाउने (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२ स्वीकृत गरेको छ ।

निर्देशिका धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ बमोजिम स्वीकृत गरेसँगै आजदेखि लागू भएको छ । यो निर्देशिका लागू भएसँगै लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत ऋण सुविधा लिएर सेयर किन्न पाउने भएका छन् ।

मार्जिन कारोवार सुविधाको प्रयोजनका लागि कम्तिमा २५ लाख कित्ता सर्वसाधारण शेयर (लकइन भएका शेयर बाहेक) सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत्निष्काशन भएको शेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको सूचिकृत संगठित संस्थाको शेयर मात्र योग्य हुनेछ ।

मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यतामा मार्जिन कारोवार सुविधा प्रदान गर्न चाहने बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको शेयरधनी रहेको वा सहायक कम्पनीको रुपमा रहेका धितोपत्र दलाल व्यवसायीकोमुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi