Skip to content

सालपा विकास बैंकको आईपीओ नेप्सेमा सूचीकृत, कहिलेबाट आउँछ कारोबारमा ?

काठमाडौं । सालपा विकास बैंकले सर्वसाधारणको लागि जारी गरेको अँईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार यस बैंकको सेयर नेप्सेमा सूचीकरण गरेको हो।

बैंकको आईपीओ सोमबार देखि दोस्रो बाजारमा कारोबारका लागि खुला हुने नेप्सेले जनाएको छ । बैंकको १०० रुपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण सेयर सूचीकृत भएको छ।

सूचीकरण सम्झौताअनुसार यसमा संस्थापक सेयर धनीहरूको ६७ प्रतिशत (३५ लाख कित्ता) र सर्वसाधारण लगानीकर्ताहरूको ३३ प्रतिशत (१७ लाख २३ हजार ८८० कित्ता) सेयर स्वामित्व रहेको छ। खोटाङको दिक्तेलमा प्रधान कार्यालय रहेको यस बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima