काठमाडौं । नेपाल स्टक एक्चेन्जमा रिलायन्स स्पिनिङ्ग मिल्सको साधारण सेयर सूचीकृत भएको छ। नेप्सेले फागुन १ गते रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओ सूचीकरण गरेको हो।
रिलायन्स स्पिनिङ्ग मिल्सको १०० रुपैयाँ अंकित मूल्य भएका कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । यसमध्ये संस्थापक सेयरधनीहरूको ८९.८६ प्रतिशत (१ करोड ७० लाख ७३ हजार ४ सय कित्ता) र सर्वसाधारणको १०.१४ प्रतिशत (१९ लाख २६ हजार ६ सय कित्ता) सेयर रहेको छ ।
काठमाडौँको कमलादीमा प्रधान कार्यालय रहेको यस कम्पनीको सेयर निष्कासन ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत गरिएको थियो । कम्पनीकाे सेयर फागुन ४ गते साेमबार देखि दोस्रो बजारमा कारोबारका लागि खुल्ने नेप्सेले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्