Skip to content

सूर्यकुण्ड हाइड्रोको आईपीओ आज बाँडफाँट गरिँदै

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्कासन गरेको साधारण सेयर (आइपीओ) आज बाँडफाँट गरिने भएको छ ।

आज निष्काशन तथा विक्री प्रबन्धक कुमारी क्यापिटलमा आईपीओको बाँडफाँट बिहान ९ बजे गरिने भएको छ ।

कम्पनिले माघ १८ देखि २१ गतेसम्म सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको थियो । आईपीओमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताले आवेदन दिएका छन् । यस कम्पनिको ५७ हजार २४३ जनालाई १०(१० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima