Skip to content

आईपीओ ल्याएको राजेश र बिष्णु कुमार अग्रवालको पाल्पा सिमेन्ट, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्री कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित, रोजगारीका लागि विदेशमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोषका लागि सेयर निष्कासन गरेर सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

आव २०८१-०८२ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११९.६२ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३.२५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको जगेडा तथा कोषहरुमा १ अर्ब ७ करोड २१ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीले आगामी तीन वर्षका लागि वित्तीय अवस्थाको प्रक्षेपण गरेको छ ।

कम्पनीले आव २०८२-०८३ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.०६ रुपैयाँ, प्रतिसेयर आम्दानी ८.८० रुपैयाँ, जगेडा तथा कोषहरुमा १ अर्ब ३४ करोड ८५ लाख ३३ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण रहेको छ ।

यस्तै आव २०८३-०८४ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.३० रुपैयाँ, प्रतिसेयर आम्दानी ८.१४ रुपैयाँ, जगेडा तथा कोषहरुमा १ अर्ब ६५ करोड ७३ लाख ८६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण रहेको छ ।

यस्तै आव २०८४-०८५ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.६६ रुपैयाँ, प्रतिसेयर आम्दानी ८.२६ रुपैयाँ, जगेडा तथा कोषहरुमा १ अर्ब ९७ करोड १० लाख ७५ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

कम्पनीको इन्टरनल रेट अफ रिटर्न १३.७८ प्रतिशत, साधारण लगानी फिर्ता हुने अवधि ६ वर्ष ८ महिना र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष रहेको छ ।

कम्पनीको अध्यक्षमा राजेश कुमार अग्रवाल रहेका छन् भने सञ्चालकमा बिष्णु कुमार अग्रवाल, स्वीटी कुमारी अग्रवाल, यश अग्रवाल र आरएमसी कन्सट्रक्सन एण्ड इन्भेष्टमेन्ट प्रालिको तर्फबाट प्रियान्शी अग्रवाल रहेकी छिन् ।

कम्पनीका आधारभूत सेयरधनीमा राजेश कुमार अग्रवालको ३६.१२ प्रतिशत, बिष्णु कुमारी अग्रवालको ३६.१२ प्रतिशत, स्वीटी कुमारीको ४.६१ प्रतिशत, यश अग्रवालको ४.६६ प्रतिशत, शेखर कुमार अग्रवालको ४.६६ प्रतिशत, संगीता अग्रवालको ४.६१ प्रतिशत, विनोद कुमार श्रेष्ठको २.३३ प्रतिशत, प्रभा गोयन्काको १.६७ प्रतिशत, शशि कला श्रेष्ठको १.१२ प्रतिशत र शिल्पीमणिका झाको १.१२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

राजेश र बिष्णु कुमार अग्रवाल आर.एम.सि. कन्सट्रकसन एण्ड इनभेष्टमेन्ट प्रा.लि, आर.एम. सि. इनभेष्टमेन्ट प्रा.लि, आर.एम.सि. सिमेन्ट प्रा.लि र आर.एम.सि. फुड्स प्रा.लिका अध्यक्ष तथा सञ्चालक हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima