Skip to content

सामान्य बढेर बन्द भयो सेयर बजार, कारोबार रकम ४ अर्ब १७ करोडमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बिहीबार नेप्से परिसूचक ६.०३ अंक बढेर २६५४.९३ विन्दुमा पुगेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक बढेको छ।

बिहीबारको सेयर बजार बढेको भएता पनि सेयर कारोबार रकम भने यस दिन घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ४५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँबराबरको १ करोड ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ । बाँकी ४ उपसमूहको परिसूचक भने घटेको छ। आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ।

आज कारोबारमा आएको सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, आज रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी उच्च स्थानमा रहेको छ। आज यस कम्पनीको ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।यसैगरी, आज आँखु खोला जलविद्युत कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima