Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार घटेको भएता पनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको हो ।

बुधबार सेयर बजार मापक नेप्से परिसूचक २२.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा पुगेको छ । यसैगरी, आज सेयर बजारमा १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।मंगलबार सेयर बजारमा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबारको मात्र कारोबार भएको थियो ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये २ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी ११ उपसमूहकोको सूचक ओरालो लागेको छ । आज ट्रेडिङ समूह र उत्पादन तथा प्रशोधन उपसमूह तर्फको सेयर मूल्य बढेको हो ।

आज कारोबारमा आएको ३ कम्पनीमा सकाारात्मक सर्किट लागेको छ । आज रिलायन्स स्पिनिङ्ग मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । यसैगरी, आज सोलु हाइड्रोपावरको भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्टइनको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड ४७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको करिब ५२ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ४७ करोड रुपैयाँ नाघेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T