काठमाडौं । सानिगाड हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।
जसमा सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५ करोड ७० लाख रुपैयाँको ५ लाख ७० हजार कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर वैदेशक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओलाई इक्रा नेपालले इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
आईपीओको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।












प्रतिक्रिया दिनुहोस्