Skip to content

कालिन्चोक हाइड्रोपावरले सर्वसाधारणका लागि चैत तेस्रो साताबाट आईपीओ निष्कासन गर्दै

nabil bank

काठमाडौं । कालिन्चोक हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । जसमा ५ लाख ५० हजार कित्ता सेयर स्थानीय बासिन्दा, ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

यस्तै ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष, १६ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ। बाँकी ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । चैत २२ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको आईपीओमा चैत २५ गतेसम्म दिन सकिने छ ।

कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरिएको छ। आईपीओमा धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi