Skip to content

सोपान फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (चैत १२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीलार्य सेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमा १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँको ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि रहेको छ ।

५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष, ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासेन गर्नेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T