Skip to content

सोपान फर्मास्यूटिकल्सले सरकारी बीदाको कारण आईपीओ निष्कासन मिति परिवर्तन गर्यो

nabil bank

काठमाडौं । सोपान फर्मास्यूटिकल्स कम्पनीले आईपीओको निष्काशन मिति परिवर्तन गरेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको आईपीओको मिति परिवर्तन गरेको हो ।

यस अघि २०८३ बैशाख २ गतेदेखि ६ गतेसम्म (छिटोमा) आईपीओ निष्काशन गर्न लागेको यस कम्पनीले अब बैशाख ३ गतेदेखि निष्काशन खुला गर्ने भएको छ। नेपाल सरकार, गृह मन्त्रालयको सूचनाबाट सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सनिबार र आइतबार बिदा हुने भएकोले निष्काशन मिति परिवर्तन गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । जसमा १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारी, २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ ।

कम्पनीले दोस्रो चरणमा ३४ करोड ७४ लाख ९० हजार रुपैयाँको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।आईपीओमा न्यूनतम १० देखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi