Skip to content

गृहमन्त्री र कोरियाका राजदूतबीच भेट: साइबर व्यूरोलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने काम अन्तिम चरणमा

nabil bank

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताय योङबीच आज भेटवार्ता भएको छ ।

भेटमा नेपाल–कोरियाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्‍याउँदै आएको निरन्तर सहयोग तथा आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको थियो।
भेटका क्रममा गृहमन्त्री गुरुङले कोरियामा शिक्षा तथा रोजगारीका लागि जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका सम्बन्धमा कोरिया सरकारको सकारात्मक नीतिको प्रशंसा गरे । आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गरे ।

राजदूतले नेपालीहरू अनुशासित एवम् मेहनती रहेको र कोरियाली समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गरे । भेटका क्रममा गृहमन्त्री गुरुङले कोरिया सरकारको सहयोगमा साइबर व्यूरोलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने कार्य अन्तिम चरणमा रहेकोमा कोरिया सरकारलाई धन्यवाद ज्ञापन गरे ।

साथै उनले भीड नियन्त्रण तथा आम नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक पर्ने सुरक्षा सामग्री एवम् उपकरणको व्यवस्था गर्न दुई देशका सरकारबीच सहकार्यका लागि प्रस्ताव गरे ।

नेपालमा कोरियाली लगानीमा सञ्चालित व्यवसाय तथा लगानीकर्ताको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी दिए । उनले बौद्ध संस्कृतिको प्रवर्द्धन तथा लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न दुई मुलुकबीच साझेदारी आवश्यक रहेको बिषयमा जोड दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi