काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–गभर्न्मेन्टव प्रोक्र्युर्मेन्ट (ई–जीपी) प्रणाली ह्याक गर्ने २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा घर भई हाल भक्तपुर बस्ने ३० वर्षीय स्वदेश पोखरेल र नुवाकोट घर भई हाल काठमाडौं बस्ने ४१ वर्षीय प्रकाश ढुंगाना छन् ।
उनीहरुले प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का विवरण हेरफेर गरेको पाइएको छ ।
पोखरेल ईन्कोन प्रालिका लेखापाल हुन् भने ढुंगाना कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक छन् ।
उनीहरूले ई–जीपी प्रणालीमा पहुँच पुर्याई विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोलिनुअघि नै सम्बन्धित कागजातमा हेरफेर गरेको आरोप छ ।
उनीहरु विरुद्ध नेपाल प्रहरी साइबर ब्यूरोमा परेको थियो । उनीहरुमाथि संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत समेत थप अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्