Skip to content

सिद्धार्थ इक्विटी फण्ड–२ को इकाई निष्कासन

nabil bank

काठमाडौं । सिद्धार्थ क्यापिटलले सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड–२ निष्कासन गरेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० करोड इकाई निष्कासन गरेको हो ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी योजनामा १ करोड ५० लाख इकाई कोष प्रवर्धक कम्पनी सिद्धार्थ बैंकलाई छुट्याएको छ । बाँकी ८५ करोड रुपैयाँको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई निष्कासन गरेको हो । इकाईमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिने छ ।

इकाईमा बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

इकाईमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi