काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३४.६३ अंक घटेर २७०४.०८ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३६ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्ब ९१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३४१ स्टकको ६८ हजार ६३५ पटकको कारोबारमा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँबराबरको १ करोड ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य आज १६४ रुपैयाँ ४० पैसा बढेर १ हजार २६० रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। आज झापा इनर्जीको सेयरमूल्य ८ प्रतिशत बढेको छ भने अन्य स्टकहरूको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक १२.५८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३१ करोड ३६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ०.०२ अंक बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५४ प्रतिशत बढेको छ। आज विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । आज होटल तथा पर्यटन, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया दिनुहोस्