Skip to content

सेयर बजार र कारोबार रकम दुबै घट्यो

nabil bank

काठमाडौं । सातको तेस्राे कारोबार दिन बुधबार सेयर बजार घटेको छ बुधबार सेयर बजार मापक नेप्से परिसूचक १.६४ अंक घटेर २७११.२२ विन्दुमा झरेको छ।

आज सेयर बजारसंगै कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ । बाँकी ५ उपसमूहको परिसूचक घटेको छ।

आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरे १३.७४ प्रतिशत बढेको छ। यसैगरी, आज अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन २२ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi