काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजम कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
गत आवको सोही अवधिको तुलनामा कम्पनीको नोक्सान बढ्दै गएको छ । गत आवको चैत मसान्तसम्म कम्पनी १ करोड २४ लाख ९३ हजार नोक्सानमा रहेको थियो । चालु आवको सोही अवधिमा कम्पनीको नोक्सान बढेर १ करोड ६२ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा कम्पनीको सेवा बिक्रीबाट हुने आय घटेको छ । जसले गर्दा नोक्सान बढिरहेको छ । गत आवको चैत मसान्तसम्म यस्तो आय २ करोड २६ लाख ३७ हजार रहेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा १ करोड १६ लाख ११ हजार रहेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८२ करोड ९९ लाख ३० हजार रुपैयाँ रहेको छ रहेको छ भने जगेडा कोषमा २२ करोड ९३ लाख ५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी ०.५७ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १० पैसा रहेको छ ।












प्रतिक्रिया दिनुहोस्