काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ र द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाण्डौ), ग्वार्को ललितपुरबीच कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सूचिकृत कम्पनी बनाउने तयारीका लागि संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार निजी कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने, आईपीओ जारी गर्ने तयारी गर्ने तथा समन्वयात्मक सहयोग प्रदान गर्ने काम नबिल इन्भेष्टमेन्टले गर्नेछ। सम्झौतामा द म्यासिफ होटलका तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
फ्रान्सेली अन्तर्राष्ट्रिय चेन ब्राण्डअन्तर्गत सञ्चालनमा रहेको रोयल टुलिप काठमाण्डौ ललितपुरको ग्वार्कोमा अवस्थित पाँचतारे होटल हो। होटलमा ३०८ वटा कोठा तथा सुइटहरू रहेका छन् भने साना–ठूला गरी १० वटा बैठक हल पनि उपलब्ध छन्। कोठाहरू आधुनिक सुविधासहित सुसज्जित रहेका छन्।
होटलमा अत्याधुनिक हेल्थ क्लब, स्पा तथा इन(हाउस रेष्टुरेन्ट सुविधा उपलब्ध रहेको छ। विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने बैठक हलहरू समेत रहेको यस होटलले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको जनाएको छ।
सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले आईपीओ निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्नेछ। पूर्वतयारी पूरा भएपछि नियामक निकायसँग सार्वजनिक निष्काशनका लागि अनुमति मागिने जनाइएको छ।












प्रतिक्रिया दिनुहोस्