Skip to content

सेयर बजार ३८.१९ अंकले बढ्यो, कारोबार रकम साढे ४ अर्बभन्दा धेरै

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार बढेको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ बिन्दुमा पुगेको छ । यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ६.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक बढेको छ।

सेयर बजारसंगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँबराबरको सेयर खरिदबित्री भएको छ।

आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ। आज अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २.११ प्रतिशत बढेको छ। यसैगरी, आज बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीको सेयर मूल्य आज १४.१९ प्रतिशत बढेको छ। यसैगरी, आज कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ११ प्रतिशतभन्दा धेरैले बढेको छ भने दोल्ती पावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima