Skip to content

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

nabil bank

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा यस कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत बैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो।

कम्पनीको उक्त निष्काशनमा कुल २९ लाख ८२ हजार ४९८ जनाले कुल ३ करोड २४ लाख ७८ हजार २३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ४४ हजार ४१६ आवेदन रद्द भएका छन् । बाँकी २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिएको छ। जसअनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi