Skip to content

राष्ट्रिय गौरवका आयोजनामा ५ खर्ब ४ अर्ब लगानी, ३ वटामात्र सम्पन्न

nabil bank

काठमाडौं । योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनाहरूमा ठूलो लगानी भएको देखिएको छ। आयोगका अनुसार हालसम्म २७ वटा राष्ट्रिय गौरवका आयोजनामा करिब ५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको छ।

आयोगको विवरणअनुसार यी आयोजनाहरूको संशोधित कुल लागत अनुमान करिब २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख रुपैयाँ तथा ६९.७ करोड अमेरिकी डलर पुगेको छ। यद्यपि, आर्थिक वर्ष २०८१–८२ सम्ममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गरी जम्मा तीन आयोजना मात्र सम्पन्न भएका छन्।

प्रतिवेदनअनुसार २७ आयोजनामध्ये ५ आयोजनाले ८० प्रतिशत वा सोभन्दा बढी भौतिक प्रगति हासिल गरेका छन् भने ४ आयोजनाको प्रगति ५० देखि ८० प्रतिशतबीच रहेको छ। त्यस्तै, ९ आयोजनाले ५० प्रतिशतभन्दा कम प्रगति गरेका छन्। ४ आयोजनाको प्रगति विवरण स्पष्ट नभएको तथा २ आयोजना अझै सुरु नै नभएको अवस्था रहेको आयोगले जनाएको छ।

आर्थिक वर्ष २०७८७९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पशुपति क्षेत्र विकास कोषअन्तर्गतको आयोजना भने हालसम्म प्रगति विवरण सार्वजनिक नगरी अलमलमै रहेको छ। उक्त आयोजनाको सम्पन्न हुने अवधि समेत स्पष्ट रूपमा तोकिएको छैन।

आयोगले अधिकांश आयोजनामा कार्यक्षेत्र विस्तार हुँदै जाने, समयमै निर्माण सम्पन्न नहुने र बारम्बार म्याद थपिने प्रवृत्ति देखिएको उल्लेख गरेको छ। यसले लागत वृद्धि हुनुका साथै आयोजनाको प्रभावकारितामा समेत प्रश्न उठाएको छ।

आयोगले तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने गरी प्रभावकारी योजना व्यवस्थापन, अनुगमन र समन्वयमा सुधार आवश्यक रहेको औंल्याएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi