Skip to content

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट, ५ जना बने भाग्यमानी

nabil bank

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीले बैशाख २३ देखि २८ गतेसम्म निष्कासन गरेको सेयर आज बाँडफाँड भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँको २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरेको थियो ।

आईपीओमा २९ लाख ४८ हजार ९ सय ६६ जना आवेदकले ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता सेयरका लागि आवेदन दिएको थियो । जसमा २७ लाख ७१ हजार २ सय ५२ आवेदकको आवेदन रद्द भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट भएको क्यापिटलले जनाएइको छ ।
जसमा २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी ५ जनाले थप १,१ कित्ता सहित ११ कित्ताका दरले सेयर हात पारेका छन् ।
आईपीओको नतिजा मेरो सेयर, बिक्री प्रबन्धक, सम्बन्धित कम्पनीको वेवसाइट र सिडिएससीले आईपीओको नजिता थाहा पाउन बनाएको वेवसाइट मार्फत थाहा पाउन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi