Skip to content

सेयर बजारबाट १० महिनामा राज्यले पायो ९ अर्ब ११ करोड बढी पुँजीगत लाभकर, चैत भन्दा वैशाखमा घट्यो

nabil bank

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको १० महिनामा सेयर बजारबाट ९ अर्ब ११ करोड २९ लाख ५६ हजार १७१ रुपैयाँ पुँजीगत लाभकर उठाएको छ ।

सरकारले चैत महिनामा मात्रै ९३ करोड ६१ लाख ६८ हजार ९४५ रुपैयाँ लाभकर संकलन भएको छ ।

चैत महिनाको तुलनामा वैशाखमा लाभकर निकै घटेको छ । सिडिएससीका अनुसार चैत महिनामा १ अर्ब ७३ करोड ५७ लाख ८२ हजार २९९ रुपैयाँ संकलन भएको थियो ।

वैशाख महिनामा राज्यले व्यक्तिगत दीर्घकालीन पुँजीगत लाभकर १८ करोड ५४ लाख ३९ हजार ४९९ रुपैयाँ, व्यक्तिगत अल्पकालीन पुँजीगत लाभकर ७० करोड ७६ लाख ९३ हजार ८४ रुपैयाँ र कर्पोरेट पुँजीगत लाभकर ४ करोड २७ लाख १७ हजार ६२ रुपैयाँ, स्टक डिल्लर तर्फ ३ लाख १९ हजार २९९ रुपैयाँ र कर्पोरेट तर्फ४ करोड ३० लाख ३६ हजार ३६२ रुपैयाँ लाभकर संकलन भएको सिडिएससीले जनाएको छ ।

संकलन भएको लाभकरको विवरण हेर्दा बजारमा दीर्घकालीन लगानीकर्ता भन्दा पनि अल्पकालिन लगानीकर्ता बढी हावी देखिएका छन् ।

सेयर लगानीकर्ताले व्यक्तिगत र संस्थागत कारोबार गर्दा राज्यलाई पुँजीगत लाभकर तिर्ने गरेका छन् । लगानीकर्ताले व्यक्तिगत एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्दा ५ प्रतिशत, एक वर्ष भन्दा कम समयमा बिक्री गर्दा ७ प्रतिशत, संस्थागत लगानीकर्ताले १० प्रतिशत लाभकर तिर्नुपर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi