Skip to content

सेयर बजार घट्यो, कारोबार रकममा सुधार

काठमाडौं । बिहीबार सेयर बजार घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार, बढेर बन्द भएको सेयर बजार आज बन्द भएको हो। आज सेयर बजार मापक नेप्से परिसूचक १२.३६ अंक घटेर २७४२.११ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ। बुधबार ३ अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ । बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima