काठमाडौं । पछिल्ला वर्षहरूमा विद्युत् विस्तार उल्लेख्यरूपमा वृद्धि भए पनि ऊर्जाको स्रोतमा अझै पनि दाउराको प्रयोग अत्यधिक भइरहेको पाइएको छ ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२र८३ अनुसार, गत वर्षको तुलनामा चालु आवको ८ महिनाको अवधिमा झिनो मात्रामा मात्रै दाउराको प्रयोग घटेको छ ।
आव २०८१र८२ को फागुन मसान्तसम्ममा ऊर्जाको स्रोतका रुपमा ५१.९ प्रतिशत दाउरा प्रयोग भएको थियो । चालु आवको सोही अवधिसम्म ४८.९ प्रतिशत प्रयोग भएको छ । यस्तै, कृषि अवशेष ४.७ प्रतिशत, गुइँठा १.३ प्रतिशत, पेट्रोलियम पदार्थ २१.८ प्रतिशत, विद्युत् १२.१ प्रतिशत र नवीकरणीय ऊर्जा २.१ प्रतिशत बराबर रहेको छ ।
गत फागुन मसान्तसम्म परम्परागत, व्यापारिक र नवीकरणीय स्रोतबाट गरी ८ हजार २४ टन बराबरको ९टन अफ आयल इक्भ्यिालेन्ट० ऊर्जा खपत भएको छ । यस्तै, नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत्को पहुँच पुगेको जनसङ्ख्या ८.६ प्रतिशत बराबर पुगेको छ । गत आवको फागुन मसान्तसम्म त्यस्तो ऊर्जाको पहुँच पुगेका जनसङ्ख्या मात्रै ८.५ प्रतिशत बराबर थियो ।
आव २०८१र८२ मा घरायसी बायोग्यासतर्फ चार हजार ३८६ प्लान्ट जडान भएकामा चालु आवको फागुन मसान्तसम्म चार हजार ६२७ प्लान्ट जडान भएको छ । आव २०८१र८२ मा सौर्य ऊर्जा प्रविधिभित्र ६२.७ मेगावाट विद्युत् उत्पादन भई विद्युतीकरण भएकामा चालु आवको फागुन मसान्तसम्म ११८ किलोवाट बराबर विद्युत् उत्पादन भएको छ ।












प्रतिक्रिया दिनुहोस्